काठमाडौं । गर्भनर महाप्रसाद अधिकारी निलम्वन भएपछि लगानीकर्ता उत्साहित भएका छन् । आज बजार खुल्लेको ६ मिनटमा ४२.५६ अंकले बढेको छ । यो समाचार तयार पर्दा १ सय २१ कम्पनीको शेयर मुल्य बढेको छ भने ५ कम्पनीको शेयर मुल्य घटेका छ । आज १ सय १८ कम्पनीको ४७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।