images
images

गभर्नर अधिकारी निलम्वनको निर्णय फिर्ता लिन संघको माग


  • 590
    SHARES
  • २०७८ चैत्र २७ गते आइतबार

    गभर्नर अधिकारी निलम्वनको निर्णय फिर्ता लिन संघको माग

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनको विभिन्न कर्मचारी संघ संगठनले विरोध जनाउँदै उक्त निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । 

    नेपाल राष्ट्र बैंक कर्मचारी संघ, संचयकोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल, नेपाल बैंक कर्मचारी संघ, कृषि विकास बैंक कर्मचारी संघ लगाएतले  विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।‘

    ‘विद्यमान विश्व अर्थतन्त्र र परिस्थितिको आँकलन गर्दै तथा केही राष्ट्रहरूले भोग्दै आएको आर्थिक सङ्कटबाट पाठ सिक्दै केन्द्रीय बैंकबाट समय मै प्रेषित सूचना र सुझावको कार्यान्वयन गरी मुलुकको अर्थतन्त्रको उद्धारमा संवेदनशील हुनुपर्ने जिम्मेवार तालुक मन्त्रालय र सरकारको ध्यान केन्द्रीय बैंकप्रति ‘हलो अड्काउने र गोरु चट्काउने’ नीति अख्तियार गर्ने र केन्द्रीय बैंकको स्वायत्तता माथि नाङ्गो हस्तक्षेप गर्दै गैरकानूनी निर्देशन दिन केन्दीत भएको’, विज्ञप्तिमा भनिएको छ ।  

    गभर्नर अधिकारीमाथि शुरु गरिएको कारबाही फिर्ता लिन पनि ती संघ संगठनले सरकारसँग माग गरेका छन् ।

    277679574_3138054689846563_1369943140344956031_n-1.webp
    undefined


    images
    images

    Logo