images
images

न्यादी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने


  • 722
    SHARES
  • २०७८ चैत्र २७ गते आइतबार

    न्यादी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

    काठमाडौं । न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।  निर्माण सम्पन्न गरेको करिब २ महिना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको थिएन । 

    मस्र्याङ्दी गाउँपालिका–६ ङादीखोलाबाट गत पुसमा विद्युत् उत्पादन गरिएको थियो । उक्त बिजुली खेर गइरहेको आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाको बिजुली २ सय २० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । 

    प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रुपमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा उक्त आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसकेको हो । 

    प्राधिकरणसँग सहमती भइसकेको अवस्थामा माथिल्लो मस्र्याङ्दी ‘ए’ को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसक्दा समस्या उत्पन्न भएको बताइएको छ । सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेको र केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अमात्यले बताए ।  


    आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले २ सय २० केभीको प्रसारण लाइनमा जोड्न खुदी सवस्टेशनसम्म ६ किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । च्याम्पाटाको १ सय ३२ केभीसम्म पुर्याउन थप ३ किलोमिटर प्रसारण लाइन आयोजना आफैले निर्माण गरेको छ ।  

    निर्माणाधीन २ सय २० केभीको प्रसारण लाइनको खुदी सवस्टेशनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । २०७३ साल चैतदेखि निर्माण थालनी गरेको आयोजना तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता थियो । 

    पटक–पटक म्याद थपिएको उक्त आयोजनाको लागत  ६ अब रुपैयाँभन्दा बढी रहेको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा ५ बैंकले  साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी छ । 


    images
    images

    Logo