काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले गरेका काम कानुन विपरित भएको बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नरलाई माथि गरेको काम काम गैर कानुनी भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने ‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ?’ पाण्डेले भने ‘हामीले बनाएको ऐन भन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?’
अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको जस्तै नेपालको अर्थमन्त्रीको पनि त्यही अवस्था नआउला भन्न नसकिने उनले बताए