काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले नेपालमा हााल आइरहेको विभिन्न समस्या समाधान नगरे नेपाल पनि श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको भन्दै अहिले पनि राम्रोसँग काम नगरे नेपाल पनि श्रीलंका बन्ने बताएका हुन् ।
मन्त्री वा प्रधानमन्त्रीले गरेर मात्र देशको बिग्रिरहेको अवस्थाबाट बाहिर अनउन नसक्ने भएकाले यस परिस्थिति बाट बाहिर आउनका लागि नेपाल सरकारले उचित कदम चाल्नु पर्ने समेत उनले उल्लेख गरे । उनले भने गलत खालका नीति लिने र मुलुकलाई श्रीलंका हुनबाट जोगाउँछु भन्ने दावी गरेर हुँदैन’
बिग्रदो आर्थिक स्थितिबाट बाहिर ननिस्कने भन्दै उपाध्यक्ष पौडेलले बिग्रदो स्थितिबाट बाहिर निस्कन सरकारले उचित कदम चाल्नुपर्ने बताए । ‘गलत खालका नीति लिने र मुलुकलाई श्रीलंका हुनबाट जोगाउँछु भन्ने दावी गरेर हुँदैन’ उनले भने ।



