काठमाडौं । युक्रेनले रुसबाट हुने सबै प्रकारका आयातहरुमा शनिबारदेखि प्रतिबन्ध लगाएको छ । युद्ध अघि युक्रेनको प्रमुख व्यापार साझेदारहरु मध्ये एक रहेको रुसबाट युक्रेनले ६ अर्ब अमेरिकी डलर भन्दा बढीको आयात गर्ने गरेको थियो ।
युक्रेनी अर्थमन्त्री युरी भेरिडेन्कोका अनुसार प्रतिबन्धपछि अब कुनै पनि रुसी उत्पादनहरु युक्रेनमा आयात गर्न पाइने छैन । युक्रेनले शनिबारदेखि कानुनीरुपमै आयातलाई प्रतिबन्ध लगाएको हो ।