काठमाडौं । आज २ वटा कम्पनीको साधारणसभा हुँदै छ । शुक्रबार आरम्भ चौतारी लघुवित्त र तारागाउँ रिजेन्सी होटेलले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा आरम्भ चौतारी लघुवित्तले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट २७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । लघुवित्तले बनेपा पार्टि भेन्यू, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।
त्यस्तै, तारागाउँ रिजेन्सी होटेलले लगानीकर्ताको हात खाली बनाएको छ । यसले लगानीकर्तालाई कुनै लाभांश दिएको छैन ।होटेललेले कम्पनीको केन्द्रिय कार्यलय बौद्ध, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि सभा बोलाएको छ ।