उपत्यकासहित वाग्मती प्रदेशमा बढ्यो गाडी भाडा, वैशाख १ देखि लागू हुने (सूचीसहित)
582
SHARES
२०७८ चैत्र २६ गते शनिबार
काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो । वैशाख १ देखि लागू हुने गरी श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय बागमती प्रदेशले ट्याक्सीको भाडा बढाएको हो ।
मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ ।
नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ।