images
images

मन्त्री चौधरीद्वारा खानेपानीका ११ उपभोक्ता समितिलाई सवारी वितरण


  • 414
    SHARES
  • २०७८ चैत्र २५ गते शुक्रबार

    मन्त्री चौधरीद्वारा खानेपानीका ११ उपभोक्ता समितिलाई सवारी वितरण

    खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले उपलब्ध गराएका सवारी साधनको समुचित उपयोग गरी खानेपानीका उपभोक्तालाई सेवा प्रदान गर्न आग्रह गरेका छन् ।

    एसियाली विकास बैंकले उपलब्ध गराएका ११ वटा सवारी साधन विभिन्न खानेपानी आयोजनाको उपभोक्ता समितिका प्रतिनिधिहरुलाई शुक्रबार हस्तान्तरण गर्दै मन्त्री चौधरीले शुद्ध खानेपानी उपभोग गर्न पाउने नेपाली नागरिकको मौलिक हकलाई प्रत्याभूत गर्न वितरित सवारी साधनले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    ‘उपभोक्तालाई खानेपानीको सेवा उपलब्ध गराएको मुल्याङ्कनका आधारमा सरकारले वितरण गरेको सवारी साधनको दुरुपयोग नगरी २४सै घण्टा सेवाको लागि उपयोग होस्’, मन्त्री चौधरीले भने, ‘खानेपानीको सेवा विस्तार र सहज बनाउने कार्यमा कोही कसैले राजनीति गर्न हुँदैन, यो राजनीति गर्ने विषय पनि होइन ।’

    खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले हालसम्म मन्त्रालय मातहतका निकायले २५ वटा सवारी साधन विभिन्न खानेपानी उपभोक्ता समितिलाई उपलब्ध गराएको भन्दै सवारी साधनको प्रयोग मार्फत जनताको सेवामा लाग्न आग्रह गरे ।

    खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले तीन सय किलोमिटरसम्मको लामो पाइपलाईन मार्फत खानेपानी वितरण गरिरहेका खानेपानी आयोजना संचालनमा सहजता ल्याउन सरकारले सवारी साधनसहित अन्य भौतिक सहयोग उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको बताए ।

    नेपाल सरकार र एसियाली विकास बैंकबीच भएको ऋण सम्झौता बमोजिम साना सहरी खानेपानी आयोजनासँग गरेको खरिद सम्झौता बमोजिम ६ वटा र सहरी खानेपानी तथा सरसफाई ९क्षेत्रगत० अयोजना सँग गरेको खरिद सम्झौता बमोजिम छ वटा गरी ११ वटा सवारी साधन ११ वटा खानेपानी अयोजनाको खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।

    विभिन्न खानेपानी आयोजनाको मर्मत सम्भार, अनुगमन, निरीक्षण र व्यवस्थित संचालनको लागि ३० प्रतिशत लागत साझेदार भएका ति खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुलाई ती ११ वटा पिकअप सवारी साधन हस्तान्तरण गरिएको हो ।

    साना सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना प्रमुख सालिकराम पौडेलका अनुसार शुक्रबार काभ्रे पाँचखालको सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समिति, भरतपुर नगरपालिका १९ स्थित शारदानगर जागृती खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, सप्तरीस्थित कंचनपुर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, दार्चुलास्थित खलंगा खानेपानी ढल तथा सरसफाई उपभोक्ता समितिलाई ति सवारी वितरण गरिएको हो ।

    त्यस्तै, कैलालीको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, डडेल्धुरास्थित खलंगा खानेपानी तथा सरफाई समिति, काश्कीस्थित निर्मलपोखरी बागमारा पुडित साना शहरी खानेपानी सरसफाई समिति, सर्लाहीस्थित लालबन्दी खानेपानी उपभोक्ता समिति, उदयपुरस्थित कटारी बजार नयाँ खानेपानी उपभोक्ता समिति, कैलालीस्थित लम्की साना शहरु खानेपानी तथा सरफाई उपभोक्ता संस्था र भक्तपुरस्थित दधिकोट बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिलाई एक÷एक वटा पिक सवारी वितरण गरिएको हो ।


    images
    images

    Logo