images
images

गभर्नर महाप्रसाद अधिकारी निलम्बित, सूचना चुहाएर व्यापारीसँग साँठगाँठ गरेको आरोप


  • 1.1K
    SHARES
  • २०७८ चैत्र २५ गते शुक्रबार

    गभर्नर महाप्रसाद अधिकारी निलम्बित, सूचना चुहाएर व्यापारीसँग साँठगाँठ गरेको आरोप

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी निलम्बनका परेका छन् । मन्त्रिपरिषद्को शुक्रबारको निर्णयले उनीमाथि छानविन गर्ने निर्णय गरेको हो । सरकारलाई असहयोग गरेको, आयात रोक्न सरकारले दिएको निर्देशन चुहाएर व्यापारीको फाइदाको लागि काम गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो । 

    डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको छ । साथै अधिकारीमाथि छानबिन गर्न पुरुषोत्तम भण्डारीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा डा सूर्य थापा र डा चन्द्रकान्त पौडेल सदस्य रहेका छन् ।

    दिउँसो राष्ट्र बै‌ंकले गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका सञ्चालकहरु नै कमिसनमा उत्रिएको, सूचना चुहाएको जस्ता आरोप लगाएका थिए । उनले विगत १५ दिनभित्र आयात भएको सबै सामानको विवरण चाहिने समेत उनले बताएका थिए । 


    images
    images

    Logo