काठमाडौं । नेपाल बार एसोसिएसनको चुनावमा सत्ता गठबन्धन निकट कानून व्यवसायीको प्यानलले क्लिनस्वीप गरेको छ । शुक्रबार सकिएको मतगण्नाको अन्तिम नतिजा आइपुग्दा अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे ४ हजार ४ सय ७४ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २ हजार ९ सय ८९ मतमात्रै प्राप्त गरे ।
उपाध्यक्षमा सुरज खत्री, सुधिर कर्ण, हर्क रावल, बिरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका छन् ।
त्यस्तै महासचिवमा गठबन्धन समर्थित उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याए ।
कोषाध्यक्षमा भरत रावत विजयी निर्वाचित हुँदा सदस्यहरुमा विनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई, रुप सारु, सीता पौडेल, मनिका खड्का र शर्मिला थापा निर्वाचित भएका छन् । त्यस्तै अन्य सदस्यमा भरत लकाइ, देवी कोईराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र सन्तोष तिवारीले विजयी भएका छन् ।



