images
images

एलसी खोल्नका लागि प्रधानमन्त्रीलाई नाडाकोे आग्रह 


  • 550
    SHARES
  • २०७८ चैत्र २५ गते शुक्रबार

    एलसी खोल्नका लागि प्रधानमन्त्रीलाई नाडाकोे आग्रह 

    काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ४ सदस्यीय प्रतिनिधी मण्डलले एलसी खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्री शेरबहादु देउवालाई आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्रीसंग भेटघाट गर्दै अध्यक्ष थापाले सो आग्रह गरेका हुन् । 

    उक्त भेटमा अध्यक्ष थापाले २ खर्ब भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको र देशको प्रत्यक्ष रोजगारीमा ५० हजार भन्दा बढीलाई अवसर दिदै आएको नेपालको अटोमोवाइल क्षेत्रलाई नजर अन्दाज गरेर कुनै खबर बिना एलसी बन्द गरेको भन्दै आप्पति समेत जनाए ।

    थापाले बैङ्क जस्ता वित्तिय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधन लगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागी एलसी खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको सम्बन्धमा गुनासो गर्दै यसबारे तत्काल सम्बोधन गरि दिन पनि प्रधानमन्त्रीलाई आग्रह गरे । 

    सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइल क्षेत्रको ठूलो योगदानका वावजूद पनि सरकारका नीतिहरु हमेशा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेकामो गुनासो गरे ।

    उक्त छलफलको क्रममा प्रधानमन्त्रीले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिदै सवारी साधनहरुको आयातका लागी एलसी खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने समेत बताए । सो छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।


    images
    images

    Logo