काठमाडौं । आज २ वटा कम्पनीको साधारणसभा हुँदै छ । शुक्रबार जीवन विकास लघुवित्त र नेपाल आयल निगमले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा जीवन विकास लघुवित्तलेले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशतनगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । लघुवित्तले कम्पनीको केन्द्रिय कार्यलय कटाहरी, मोरङमा बिहान १०ः३० बजे बस्नेगरि सभा बोलाएको छ ।
त्यस्तै, नेपाल आयल निगमले लगानीकर्ताको हात खाली बनाएको छ ।यसले लगानीकर्तालाई कुनै लाभांस दिएको छैन । निगमले कम्पनीको कार्यलय टेकु, काठमाडौंमा दिउँसो १ बजे बस्ने गरि सभा बोलाएको छ ।