images
images

उपकार लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने


  • 438
    SHARES
  • २०७८ चैत्र २५ गते शुक्रबार

    उपकार लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । उपकार लघुवित्तको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको २ लाख ३६ हजार कित्ता शेयरका लागि शुक्रबारदेखि आवेदन खुला हुने भएको हो । 

    निष्काशन गरिने २ लाख ३६ हजार कित्ता शेयर मध्ये ३ हजार २ सय ८१ कित्ता कर्मचारीका लागि र ११ हजार ८ सय १३ कित्ता सामूहिक लागनी कोषका लागि छुट्याएको छ । र बाँकी २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणको लागि  बिक्री गर्न लागिएको छ ।

    उक्त आईपीओमा छिटोमा चैत २९ गते र ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo