काठमाडौं । सरकारले २० देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रुसका लागि मिलन तुलाधर सिफारिस गरेको छ ।
त्यस्तै, अस्ट्रेलियाको राजदुतमा कैलाश पोखरेललाई सिफारिस गरिएको छ । त्यस्तै, मलेसियाको लागि डिल्लीराज पौडेल, इजरायलको लागि शान्ता रिजाल, दक्षिण कोरियाको लागि ज्योति प्याकुरेल, डेनमार्कको लागि प्रा.डा रामसुरज राय यादब, साउदी अरबका लागि नवराज सुवेदी लाई राजदुतका लागि सिफारिस गरिएको छ ।
त्यस्तै, मिनिस्ट्री कोटामा नरेश विक्रम ढकाल घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तिर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशिलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी रहेका छन् ।



