images
images

पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवनका लागि ६० लाख सहयोग


  • 443
    SHARES
  • २०७८ चैत्र २४ गते बिहीबार

    पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवनका लागि ६० लाख सहयोग

    काठमाडौं । पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (केआईओसीएच) बीच झापाको दमक वडा नं.७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४ हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्ने भएको छ ।

    हालै दिवगंत भएकी पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठकको धर्मपत्नी निल कुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्रा ५० औं वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो ।

    उक्त कार्यक्रममा पञ्चकन्या ग्रुपबाट उपाध्यक्ष ध्रुब कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले बाल स्वास्थ्य जस्तो पवित्र कार्यमा हातेमालो गर्न पाउनु दुवै संस्थाको लागि गौरवको विषय भएको बताए । उनले यसबाट मिल्ने आत्मसन्तुष्टि अमूल्य हुने र यो जति राम्रो मानव सेवा कुनै नहुने विचार व्यक्त गरे।

    केआईओसीएच का डा. भगवान कोइरालाले राजधानीको जत्तिकै सुविधा सम्पन्न बाल अस्पतालको खाँचो यस अस्पताल सञ्चालनमा आएपछि पुरा हुने बताए । पञ्चकन्या ग्रुपले १ महिनाभित्र एलजिएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने छ । साथै सम्झौता–पत्र हस्ताक्षर कार्यव्रmममा दुवै संस्थाका संचालकहरु र बरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।


    images
    images

    Logo