images
images

छैटौं भक्तपुर औद्योगिक महोत्सव सुरु, पर्यटनमन्त्री आलेले गरे उद्घाटन


  • 751
    SHARES
  • २०७८ चैत्र २४ गते बिहीबार

    छैटौं भक्तपुर औद्योगिक महोत्सव सुरु, पर्यटनमन्त्री आलेले गरे उद्घाटन

    काठमाडौं । छैटौं भक्तपुर औद्योगिक, पर्यटन तथा व्यापार मेला आजदेखि सुरु भएको छ । नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै बिहीबारदेखि भक्तपुरको सल्लाघारीमा उक्त मेला सुरु भएको हो । बिहीबार अपराह्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उक्त महोत्सवको उद्घाटन गरेका छन् । 

    उद्घाटन कार्यक्रममा बोल्दै आलेले आन्तरिक उत्पादनको प्रवद्र्धन एवं पर्यटनको विकासका लागि यस्ता महोत्सव अत्यन्त प्रभावकारी हुने भन्दै महोत्सवको सफलताको शुभकामना दिएका थिए । विराटनगरमा भएको एउटा महोत्सवमा सबै स्टलको भ्रमण गरेको स्मरण गर्दै उनले यस महोत्सवमा प्रदर्शन हुने सबै स्टलको अवलोकन गर्ने प्रतिवद्धता समेत जनाएका थिए । 

    mela (1).jpg

    पर्यटनमन्त्री आलेले आफू पर्यटन मन्त्रालयमा रहँदा देशको पर्यटन प्रवद्र्धन र यो क्षेत्रमा देखिएका विकृतिलाई हटाउन महत्वपूर्ण प्रयास गरिरहेको बताए । उनले आफू पदमा रहेसम्म देशको शिर झुक्ने काम नहुने र हुन नदिने समेत बताए । 

    करिब २ सय वटा स्टल रहेको उक्त महोत्सवमा भक्तपुरका स्थानीय उद्योगबाट उत्पादन हुने वस्तु, कृषि सामाग्रीहरु, हस्तकलाका सामाग्रीहरु, पर्यटकीय क्षेत्रको प्रदर्शनी तथा विभिन्न परिकारको प्रदर्शनी हुनेछ । साथै मनोरञ्जनका लागि विभिन्न खेलहरु, बाल उद्यानको समेत व्यवस्था गरिएको छ । 

    mela (2).jpg

    मेला आयोजक समितिका संयोजक दीपक थापा सभापतित्वमा रहेको आजको उद्घाटन समारोहमा मन्त्री आलेका साथै जिल्लास्थित विभिन्न राजनीतिक दलको उपस्थिति थियो । मेलामा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकाल, नकपा एकीकृत समाजवादी भक्तपुरका अध्यक्ष श्याम बस्नेत लगायतले मन्तव्य राख्दै सफलताको शुभकामना दिएका छन् । 

    मेलामा ८ करोड रुपैयाँ बराबरको व्यापार हुने अनुमान गरिएको मेला आयोजक समितिका अध्यक्ष सन्दीप महतले जानकारी दिए । उक्त मेला बैशाख ४ गतेसम्म चल्नेछ । मेलामा प्रवेशका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीले भने २० प्रतिशत छुटमा मेलाको अवलोकन गर्न पाउनेछन् । 

    mela (3).jpg


    images
    images

    Logo