images
images

नेको इस्योरेन्सको महोत्सवमा उपस्थित दर्शक र सम्पतिको बीमा गर्ने


  • 504
    SHARES
  • २०७८ चैत्र २४ गते बिहीबार

    नेको इस्योरेन्सको महोत्सवमा उपस्थित दर्शक र सम्पतिको बीमा गर्ने

    गुल्मी । नेको इस्योरेन्सको चौथो गुल्मी महोसत्वमा उपस्थित सबैको सहभागी र सम्पत्तिको बीमा गर्ने भएको छ । महोत्सव आयोजन गुल्मी उद्योग वाणिज्य संघले निर्जीवन वीमा कम्पनी नेको इन्स्योरेन्सको महोत्सवमा सहभागी हुने अतिथी, कलाकार तथा दर्शकको सामुहिक दुर्घटनाबीमा तथा महोत्सवका लागि निर्माण भएको मञ्च, स्टल तथा सम्पूर्ण सम्पत्तिको बीमा गरिदिएको हो । 

    महोत्सव अन्तर्गत प्रादेशिक व्यापार एवं औद्योगिक मेला गुल्मीको सदरमुकाम तम्घासमा चैत्र २५ गतेदेखि बैशाख ४ गतेसम्म संचालन हुने भएको छ । महोत्सवमा ८० हजार दर्शक, १ सय भन्दा धेरै जना अतिथी तथा सयभन्दा बढी कलाकार सहभागी हुने आयोजकले जनाएको छ । 

    नेको इन्स्योरेन्सले समाज प्रति आफ्नो उत्तरदायित्व महसुश गर्दे समाजका विभिन्न क्षेत्रमा सहयोग समेत गर्दे आएको छ । आफ्ना ग्राहाकहरुले आवश्यक कागजात पेश गरेको एक हप्ता भित्रमै दाबी भुक्तानी गरेको कम्पनीका क्षेत्रीय प्रबन्धक रमेश बहादुर थापाले जानकारी दिए । यसका साथै इन्स्योरेन्सले गुल्मी उपशाखा कार्यालयबाट प्रति व्यक्ति १ लाख सम्मको दुर्घटना उपचार बीमा, ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा र १ करोडको सम्पत्ति बीमा जोखिम बहन गरिएको छ ।


    images
    images

    Logo