images
images

विमानको टायर पड्किएको सम्बन्धमा निगमले बनायो छानविन समिति


  • 561
    SHARES
  • २०७८ चैत्र २४ गते बिहीबार

    विमानको टायर पड्किएको सम्बन्धमा निगमले बनायो छानविन समिति

    काठमाडौं । नेपाल वायुसेवा निगमले विमानको टायर पड्किएको सम्बन्धमा छानविन समिति गठन गरेको छ । निगमले बिहीबार क्वालिटी एस्योरेन्स डिपार्टमेन्टका निर्देशकको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरेको हो । 

    बैंकक काठमाडौं नियमित उडानमा रहेको निगमको आर ए ४०२ न्यारोवडी बिमान अप्रिल १ मा सुबर्णभुमि अन्तराष्ट्रिय विमानबाट टेक अफ गर्ने क्रममा बिमानको टायरमा प्राविधिक समस्या देखिएको थियो । थाई एयरवेजका प्राविधिक टिमले चेकजाँचपछि विमानको ४ वटै टायर फर्नुपर्ने सुझाव दिएका थिए । 

    प्राविधिक टिमको सुझाव अनुसार उक्त फेर्नुपर्ने टायरलाई कतार एयरवेजको विमानमार्फत २ अप्रिल २०२२ को फ्लाइटबाट पठाइ ३ अप्रिलको बिहान बैंकक पुयाएर उक्त विमानलाई मर्मत गरिएको थियो । रद्द गरिएका उक्त उडानको १ सय ४१ यात्रुहरुलाई निगमको नियमित उडानबाट ४ अप्रिलको दिन काठमाडौं ल्याइसकिएको छ । 

    समस्या साधान भइसके पनि यसरी टायर पड्किनुको कारणबारे छानविन गर्न निगमले समिति बनाएको हो । 


    images
    images

    Logo