काठमाडौं । आज एकैदिन ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य बढेको छ । बिहीबार छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोवार भएकोमा आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा आज एकैदिन १ सय १ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ३४ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।