images
images

एनसीसी बैंकको २६ लाख ६३ हजार कित्ता संस्थापक शेयर विक्रीमा


  • 778
    SHARES
  • २०७८ चैत्र २४ गते बिहीबार

    एनसीसी बैंकको  २६ लाख ६३ हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको २६ लाख ६३ हजार कित्ता संस्थापक शेयर विक्री गरिने भएको छ । बैंकमा रहेका ६ संस्थापकहरुले आफ्नो नाममा रहेको कुल २६ लाख ६३ हजार कित्ता शेयर विक्री  गर्ने भएका हुन् । 

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने बैंकले जनाएको छ । 

    शेयर विक्री गर्न चाहाने संस्थापकहरुमा नेपाल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रलीको १९ लाख २२ हजार २ सय ७० कित्ता रहेको छ । त्यस्तै, निश्चल प्रधानको ७ लाख ११ हजार ८ सय ६६ कित्ता विक्रीमा रहेको छ । 

    लक्ष्मी ढकालको १५ हजार ८ सय ७० कित्ता छ भने अर्जुन महर्जनको नाममा रहेको ७ हजार ६ सय २६ कित्ता शेयर विक्रीमा रहेको छ । त्यस्तै, श्रवण कुमार अग्रवालको ४ हजार कित्ता रहेको छ र अन्त्यमा बिनिता बज्रचार्यको नाममा रहेको १ हजार ४ सय ३४  कित्ता शेयर विक्रीमा रहेको बैंकले जनाएको छ । 


    images
    images

    Logo