images
images

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बैशाख २ गतेदेखि 


  • 601
    SHARES
  • २०७८ चैत्र २४ गते बिहीबार

    सिवाईसी नेपाल लघुवित्तको आईपीओ बैशाख २ गतेदेखि 

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ बैशाख २ गतेदेखि आउने भएको छ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि ३ लाख ९५ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

    निष्काशन गरिने शेयर मध्ये ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ७ सय ६६ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४ सय ८८ कित्ता शेयरका सर्वसाधारणको लागि वितरण हुनेछ । 

    उक्त आईपीओमा छिटोमा बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। सो आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo