काठमाडौं । आज नेपाल टेलिकमको साधरणसभा हुँदैछ । कम्पनीले बुधबार आर्मी अफिसर्स क्लव टुडिखेल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।
सो साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।