काठमाडौं । शेयर बजारको निरन्तर गिरावटका कारण यतिबेला लगानीकर्ताहरु निराश छन् । अहिले शेयर बजार परिसूचक घटेर २ हजार ५ सय भन्दा तल झरिसकेको छ । विगत ५ महिनादेखिकै न्यून बिन्दुमा बजार पुग्दा पनि बढ्ने संकेत नदेखिएपछि बजारले आज भने सकारात्मक संकेत देखाएको छ ।
लामो समयदेखि बजार एकनास ढंगले घट्दै गएको थियो । तर, लामो समयपछि शेयर बजारमा निकै उतारचढाव देखियो । बजार खुला भएको पहिलो २० मिनेटसम्म परिसूचक निकै तल झरेको थियो । तत्कालै बजारले सुधारको बाटो लिएर अघिल्लो दिनभन्दा माथि पुग्यो । तर, त्यसपछि भने बजारले फेरि ओरालो बाटो लिएको थियो । सोही कारण आज बजार २ हजार ४ सय २६ अंकमा झरेको छ ।
निरन्तर रुपमा घट्दै गएको बजारबीच उचारचढावको अवस्था देखिनुलाई लगानीकर्ताले बजारप्रति सकारात्मक रुपमा बढेको मान्न सकिन्छ । यसले आगामी दिनमा बजार बढ्ने संकेत समेत देखाउँछ ।
यद्यपि आज कारोबार रकमले बजारलाई साथ दिएन । आज २ अर्ब रुपैयाँ भन्दा कमको कारोबार भयो । यो रकम हिजोको भन्दा कम भए पनि विगत ेही दिनको तुलनामा सस्तो हो ।
आज बजारमा १ सय ६६ कम्पनीको मूल्य घट्दा २२ कम्पनीको मूल्य मात्रै बढेको छ ।



