images
images

३६४ मेगावाट बिजुलीलाई भारतीय बजार खुला, कुन कुन आयोजनाले पाए अनुमति ?


  • 491
    SHARES
  • २०७८ चैत्र २३ गते बुधबार

    ३६४ मेगावाट बिजुलीलाई भारतीय बजार खुला, कुन कुन आयोजनाले पाए अनुमति ?

    काठमाडौं । नेपालले भारतीय बजारमा ३ सय ६४ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाललाई थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न अनुमति दिएको हो । यसअघि नेपालले ३९ मेगावाट  बिजुली बिक्री गर्न अनुमति पाएको थियो । 

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यातका लागि स्वीकृति पाएको जानकारी दिएको हो । 

    यसरी नियर्उात गर्न पाउने बिजुलीमा १ सय ४४ मेगावाटको काली गण्डकी–ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुली रहेका छन् । 

    त्यसैगरी ग्रीनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुलीलाई भारतले बेच्ने अनुमति दिएको छ । यसअघि त्रिशुली थ्रि-एकाै ३९ मेगावाट बिजुलीले भारतीय बजारमा बिक्रीको अनुमति पाइसकेकाे छ । 


    images
    images

    Logo