images
images

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने एडीबीको अनुमान 


  • 442
    SHARES
  • २०७८ चैत्र २३ गते बुधबार

    नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने एडीबीको अनुमान 

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान गरिएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै एसियाली बिकास बैंक (एडीबी) ले यस्तो अनुमान गरेको हो । 

    नेपाल सरकारले भने आर्थिक वर्ष २०७८/७९ मा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । तर सरकारको दोस्रो अनुमान भने अझै सार्वजनिक गरिसकेको छैन । तर अर्थमन्त्री जनार्दन शर्माले भने पहिल्यै तोकिएको लक्ष्य पुरा नहुने बताएका छन् । 

    महामारीविरुद्ध खोप अभियान जारी रहेको, आर्थिक गतिविधिहरु क्रमशः सामान्य बन्दै गएका कारण समेत उक्त लक्ष्य प्राप्त हुने एडीबीले जनाएको छ । तर, युक्रेन–रुस युद्धका कारण विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल तथा अन्य वस्तुको मूल्यका कारण भने मुद्रास्फीतिमा चाप पर्ने एडीबीले जनाएकाे छ । 

     

     


    images
    images

    Logo