काठमाडौं । सिटिजन्स बैंकका ६ संस्थापक समुहका शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर विक्री गर्ने भएका छन् । सो बैंकमा विभिन्न ६ व्यक्तीको नाममा रहेको ३ लाख ९८ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागिएकाे हो ।
सो शेयर खरिद गर्न इच्छुक संस्थापक समुहका शेयरधनीले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त शेयर न्युनतम मूल्य प्रतिकित्ता १ सय ८० रुपैयाँ तोकिएको छ ।
संस्थापक शेयर विक्री गर्ने शेयरधनीहरुमा सबैभन्दा धेरै विक्री गर्नेमा सुमन गौतम रहेका छन् । उनले २ लाख १६ हजार कित्ता शेयर विक्री गर्ने भएका हुन् । साथै, दिनुका पोखरेलले ३१ हजार ३ सय कित्ता विक्री गर्ने भएकी छिन् ।
त्यस्तै, सुर्य प्रसाद पौडेलको ३६ हजार २ सय रहेको छ । पशुपती घिमिरेले ४० हजार कित्ता शेयर विक्री गर्ने भएका छन् । त्यस्तै, रिता ज्ञावलीले ४२ हजार ९ सय कित्ता शेयर विक्रीमा राखेकी छिन् र राधा देवी पौडेलले ३१ हजार किक्ता गरि कुल ३ लाख ९८ हजार कित्ता शेयर विक्री गर्ने भएका छन् ।
उक्त शेयर संस्थापक समुहका शेयरधनीले तोकीएको समयमा खरिद नगरेमा अन्य शेयरधनीहरुलाई उक्त संस्थापक शेयर विक्री गरिने पनि बैंकले जनाएको छ ।



