१६० रुपैयाँ पुग्याे पेट्राेल, डिजेल र ग्यासकाे भाउ पनि बढ्याे
701
SHARES
२०७८ चैत्र २३ गते बुधबार
काठमाडौं । आईओसीबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले भने याे पटक पनि मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको हो ।
निगमकाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६० रुपैयाँ पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ४३ रुपैयाँ रहेको छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ५६ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ५ सय ४५ डलर कायम गरिएको छ । साथै एलपी ग्याँसको मूल्य प्रतिसिल्ण्डर १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।
गत चैत १८ गते आईओसीले निगमलाई नयाँ मुल्य सुची पठाएकाे थियाे जस अनुसार पेट्रोलको मूल्य १.४८ रुयैयाँले घटेको आएपनि निगमले भने फेरि पनि पेट्रोलको मूल्य बढाएकाे छ ।