images
images

राष्ट्रपतिले गरिन् एसिडसम्बन्धी सहित ५ अध्यादेश जारी


  • 759
    SHARES
  • २०७८ चैत्र २२ गते मंगलबार

    राष्ट्रपतिले गरिन् एसिडसम्बन्धी सहित ५ अध्यादेश जारी

    काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडसम्बन्धी सहित ५ अध्यादेश जारी  गरेकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार  मन्त्रिपरिषदको सिफारिसमा पाँच वटा अध्यादेश जारी गरेकी हुन् ।

    राष्ट्रपतिले जारी गरेको अध्यादेशमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश२०७८ रहेका छन् । 

    साथै, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ जारी भएको छ ।

    Ordinence_rastrapati-Office-release-744x1024.jpg
    undefined


    images
    images

    Logo