काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैक बाट काबेली इन्भेष्टमेन्ट कम्पनी सहित ९ जना संस्थापकले शेयर बिक्री गर्ने भएका छन् । साे बैंकमा रहेकाे विभिन्न कम्पनी तथा व्यक्तीको नाममा रहेको १ लाख ८९ हजार ५ सय ११ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो ।
उक्त संस्थापक शेयर शेयर खरिद गर्न इच्छुक संस्थापक समुहका शेयरधनीहरुले बैशाख २५ गतेभित्र आवेदन दिनु पर्नेछ ।
संस्थापक शेयर विक्री गर्ने शेयरधनीहरुमा काबेली इन्भेष्टमेन्ट कम्पनी रहेको छ जसको १३ हजार कित्ता शेयर विक्री गर्ने भएको छ । अर्को कम्पनीमा काबेली फाईनान्सियल इन्भेष्टमेन्ट कम्पनीको २४ हजार ६ सय किक्ता शेयर रहेको छ । त्यस्तै, कृष्ण बहादुर घर्तीको ८ हजार कित्ता रहेको छ ।
त्यसैगरी, कृष्ण प्रसाद भट्टराईको विक्री गर्न लागिएको शेयर ४ हजार कित्ता रहेको छ । देबेन्द्र बहादुर गुरुङ ६ अजार ८ सय ४८ कित्ता रहेको छ भने शान्ता नेउपानेको ९१ हजार ७ सय कित्ता शेयर विक्रीमा रहेको छ ।
त्यस्तै, रामलाल मानन्धरको १३ हजार ८ सय १ कित्ता र महेजराज श्रेष्ठको नाममा रहेको १३ हजार ८ सय १ कित्ता र मित्रलाल मानन्धरको पनि १३ हजार ८ सय १ कित्ता हेयर गरि कुल १ लाख ८९ हजार ५ सय कित्ता संस्थापक शेयर बैंकले विक्री गर्न लागेको हो ।
संस्थापक समुहका शेयरधनीले तोकीएको समयमा शेयर खरिद नगरेमा अन्य शेयरधनीहरुलाई उक्त संस्थापक शेयर विक्री गरिने पनि बैंकले जनाएको छ ।



