images
images

बलेफी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, कति जनाले पाउँछन् आईपीओ ?


  • 384
    SHARES
  • २०७८ चैत्र २१ गते सोमबार

    बलेफी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, कति जनाले पाउँछन् आईपीओ ?

    काठमाडौं ।  बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको १८ लाख २७ हजार कित्ता शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो । 

    उक्त शेयरमध्ये ७३ हजार १ सय १९ कित्ता शेयर कर्मचारीका लागि र ९१ हजार ३ सय ९८ कित्ता शेयर सामुहिक लागानी कोषको लागि  छुट्याएको छ । र बाँकी १६ लाख ६३ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको छ ।

    चैत १६ गतेदेखि १८ लाख २७ हजार ९ सय ७० कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको थियो । ।उक्त शेयर प्रतिव्यक्ती १० कित्ताका दरले वितरण गर्दा १ लाख ८२ हजार ७ सय ९७ जनालाई वितरण गर्न पर्याप्त हुनेछ । कम्पनीको आईपीओमा १० कित्ता देखि १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । 

    उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।


    images
    images

    Logo