काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशतदेखि १५ प्रतिशतले वृृद्धि गरेको छ । विभागले चैत २० गतेदेखि लागु हुनेगरि सार्वजनिक सवारीको भाडा बढाएको हो ।
विभागले चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयानुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त सैद्धान्तिक सहमती समेतको आधारमा यहि चैत्र २० गते देखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ ।
यातायात व्यवस्था विभागले यात्रुवहाक सवारीको १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा १३ प्रतिशत तथा तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधानमा १५ प्रतिशतले भाडा बढेको छ ।
यस अनुसार सबैभन्दा धेरै भाडादर भएको काँडरभिट्टादेखि महेन्द्रनगरसम्मको भाडादर एकैपटक २ सय १६ रुपैयाँले बढेर २ हजार ३ सय ७६ रुपैयाँ पुगेको छ । यसअघि यस्तो दर २ हजार १ सय ६० रुपैयाँ थियो ।
यस्तो छ, सवारी साधनको परिमार्जित भाडादर



