काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ३०.८९ अंकले घट्दा २ हजार ५ सय १३ मा पुगेको छ । आज २ सय ५ कम्पनीको १ अर्ब ४६ करोड बराबरको ३२ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ । आज कारोवारमा आएका १९ कम्पनीको शेयर मुल्य घटेका छन् भने १ सय ७२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज कारोवारमा आएका १३ कम्पनीको परिसुचको समुहमध्ये १२ कम्पनी राताम्मे भएको छ भने म्युचअल फण्ड शुन्य भएको छ । आज सबैभन्दा धेरै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ५ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको ३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।



