images
images

स्थगित रहेको भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने


  • 536
    SHARES
  • २०७८ चैत्र २० गते आइतबार

    स्थगित रहेको भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने

    काठमाडौं । उच्च अदालत पाटनको अन्तरिम आदेश पछि रोकिएको भन्सार एजेन्टको परीक्षा आगामी वैशाख १७ गते हुने भएको छ । भन्सार विभागले आइतबार सुचना जारी गर्दै सो जानकारी गराएको हो । 

    चैत १३ गते उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने निर्णय भएको भन्सार विभागले सुचना मार्फत जानकारी गराएको छ । फागुन २६ गते उच्च अदालत पाटनलको अन्तरिम आदेश पछि फागुन २८ गतेका लागि गर्ने भएको परीक्षा स्थगित भएको थियो । 

    agent_exam_notice-768x589.png
    undefined

     


    images
    images

    Logo