काठमाडौं । नेपाल व्यवस्थापन संघ को आयोजनामा सीईओ सम्मेलन कार्यक्रम २०२२ सुरु हुने भएको छ । संघले सो कार्यक्रम चैत २६ गते बिहान ९ बजे सुरु गर्ने भएको हो ।
नेपाल व्यवस्थापन संघले सीईओ सम्मेलन कार्यक्रम २०२२ पहिलो पटक आयोजना गर्दैछ । यस बर्षको सिइओ सम्मेलनमा मुलुकको विभिन्न क्षेत्रमा कार्यरत करिब ३ सय सिइओको सहभागिता रहने संघले जनाएको छ । सात वटा फरक फरक क्षेत्रमा सञ्चालनहुने सम्मेलनमा हरेक सेसनमा ४ जना वक्ता र १ जना सहजकर्ता सहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहनेछ ।
संघले ७ वटा बिभिन्न आयामहरु बैंक तथावित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाइ समेटर नेपालमै पहिलोपटक चैत्र २५ गते काठमाण्डौंमा आयोजनागर्न गर्ने जनाएको छ ।
संघले यस वर्ष तिनवटा विधामा अवार्ड प्रदानग गर्दैछ संघको यस बर्ष २० औं प्रबन्ध समितिको निर्वाचन चैत्र २६ गते सम्पन्न हुने पनि संघले जनाएको छ । संघको निर्वाचनमा मतदान प्रक्रिया चैत्र २६ गते ४ बजेबाट प्रारम्भ हुने छ ।



