काठमाडौं । आज सुनको मुल्यमा गिरावट आएको छ । आइतबार छापावाला सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ । त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।