काठमाडौं । पेट्राेलियम पदार्थमा भएकाे ढुवानी आन्दाेलन स्थगित भएकाे छ । विभिन्न माग राख्दै ढुवानी अवराेध गर्दै आएका राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र नेपाल आयल निगमबीच ४ बुँदे सहमति भएसँगै आन्दाेलन स्थगित भएकाे हाे ।