images
images

भारतको रक्सौलबाट काठमाडौंसम्म रेल सेवा विस्तार हुन्छ : मन्त्री यादव


  • 530
    SHARES
  • २०७८ चैत्र १९ गते शनिबार

    भारतको रक्सौलबाट काठमाडौंसम्म रेल सेवा विस्तार हुन्छ : मन्त्री यादव

    काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताउनुभएको छ । जनकपुरधामस्थित रेल्वे स्टेशनमा आज आयोजित जयनगर–कुर्था रेल सेवा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भारतको रक्सौलबाट सिमरा र सिमराबाट काठमाडौंसम्म रेल सेवा विस्तार हुने बताइन् ।

    “पहिलो चरणमा जयनगरबाट बिजलपुरासम्मको ७० किलोमिटर रेल्वे ट्याक्ट तयारी भइसकेको छ”, मन्त्री यादवले भनिन्, “अब हस्तान्तरण हुन मात्र बाँकी छ, हस्तान्तरण भएपछि बिजलपुरासम्म रेल चल्ने छ ।” यसका साथै विराटनगरबाट बर्दिबाससम्म पनि रेल सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्री यादवको भनाइ छ ।

    यसरी रेल सेवाको विस्तार भएपछि नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध अझै प्रगाढ बन्ने दाबी गर्दै मन्त्री यादवले नेपाल र भारतबीच सरकार ऊर्जा, आर्थिक विकास र कन्टेक्टीभिटी विस्तारलाई जोड दिएको बताइन् । नेपाल रेल्वे कम्पनी लिमिटेडका महानिर्देशक दीपककुमार भट्टराईले भोलि आइतबारदेखि दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने जानकारी दिए ।

    गत २०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाखमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी रहेको जानकारी दिँदै महानिर्देशक भट्टराईले रेलमा करिब १ हजार ३ सय यात्रु बोक्न सक्ने क्षमता रहेको बताए । 


    images
    images

    Logo