images
images

प्रतियुनिट २२ रुपैयाँमा भारतबाट बिजुली किन्दै विद्युत प्राधिकरण


  • 454
    SHARES
  • २०७८ चैत्र १९ गते शनिबार

    प्रतियुनिट २२ रुपैयाँमा भारतबाट बिजुली किन्दै विद्युत प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतसँग प्रतियुनिट २२ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ। बिजुलीको भाउ आकासिएर अनियन्त्रित अवस्थामा पुगेपछि त्यहाँको केन्द्रीय विद्युत नियमन आयोगले हस्तक्षेप गरेपछि भाउ घटाएको हो ।  

    नियमन आयोगले भारतमा बिजुलीको अधिकतम मूल्य प्रतियुनिट १२ भारु तोकेको छ । विद्युत प्राधिकरणले भारतीय बजारमा प्रतियुनिट १९.२० रुपैयाँमा बिजुली पाउने भएको छ । प्रसारण लाइन शुल्क, कर र चुहावटसमेत जोड्दा बिजुलीको मूल्य प्रतियुनिट अधिकतम २२ रुपैयाँ हुने बताएका छन् । प्राधिकरणका अनुसार नयाँ दर आउँदो सोमबारदेखि लागु हुनेछ ।

    भारतको विद्युत यसअघि प्रतिनियुट भारु २० मा राखेर बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२ मा झारेको हो ।  यसअघि ३८ रुपैयाँ पुगेको थियो ।  यसैका कारण उद्योगहरुमा बिजुली कटैती थालिएको थियो ।


    images
    images

    Logo