काठमाडौं । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–४ मा रहेको याल्वाङमा आगलागी हुँदा पसल जलेर नष्ट भएको छ । वडा ४ को छिरिङ पाल्जोर तामाङको पसल र होटेल रहेको एक तलाको दुईकोठे घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए ।
काठको टहराले बनेको पसलसहित दुई कोठा जलेर नष्ट हुँदा १ करोड २५ लाख बराबरको क्षति भएको याल्वाङ प्रहरी चौकीले जानकारी दिए । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
पालिका केन्द्र याल्वाङमा तामाङले लामो समयदेखि पसल तथा होटेल व्यवसाय गर्दै आएका थिए । पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्यलगायत वस्तु सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक ओझाले बताए ।