images
images

प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीले शनिबार सोलु कोरिडोर उद्घाटन गर्ने


  • 545
    SHARES
  • २०७८ चैत्र १८ गते शुक्रबार

    प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीले शनिबार सोलु कोरिडोर उद्घाटन गर्ने

    काठमाडौं । सोलु करिडोर प्रसारण लाइनको शनिबार प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीले संयुक्तरुपमा  निर्माण सम्पन्न १ सय ३२ केभी सोलु कोरिडोर डबल सर्किट प्रसारण लाइन उद्घाटन गर्ने भएका छन् । शनिबार (चैत १९ गते) भर्चुअल रुपमा स्विच थिचेर लाइनको उद्घाटन गर्न लागेका हुन् ।
     
    सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको लाइन फागुन २ गतेदेखि सञ्चालनमा आएको थियो । सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । यस्तै प्रसारण लाइनमा टावरको सङ्ख्या ३ सय २  निर्माण गरिएको छ ।  


    सोलु करिडोर प्रसारणलाइन आयोजना अन्तर्गत तिङ्लामा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । अहिले तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुन थालेको छ । 


    images
    images

    Logo