काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीकर्ता व्यवसायीहरुले पेट्रोलियम पदार्थको विक्री वितरणमा तथा ढुवानीमा रोक लगाएका छन् । शुक्रबार बाट व्यवसायीहरुले नेपाल आयल निगमसँग विभिन्न माग गर्दै पेट्रोलियम पदार्थको विक्री वितरणमा तथा ढुवानीमा रोक लगाएका हुन् ।
व्यवसायीहरुले निगमको डिपो र डिपोबाट हुने लोड अनलोडका सबै कार्यहरुमा रोक लगाएका छन् । सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानीमा रोक लगाएता पनि नेपाली सेना, साझा र साल्ट ट्रेडिङबाट भने ढुवानी नियमित हुने जनाइएको छ ।