images
images

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी, यस्ताे बन्याे नयाँ टीम


  • 682
    SHARES
  • २०७८ चैत्र १८ गते शुक्रबार

    नाट्टाको अध्यक्षमा रमेश थापा विजयी, यस्ताे बन्याे नयाँ टीम

    काठमाडौं । नेपाल एशोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा थापाले २ सय ९ मत ल्याएर बिजयी भएका हुन् उनका प्रतिस्पर्धी विनय बस्नेतले १ सय २७ मत मात्रै ल्याए । 

    त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल १ सय ९५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सुधीर कुमारले १ सय ५२ मत ल्याए । 

    त्यस्तै, उपाध्यक्षतर्फ वरुण मिश्र १ सय ७३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी सुनिल शर्माले १ सय ७१ मत ल्याए । महासचिनमा कुमारमणि थपलियाले २ सय २० मतसहित विजय हासिल गर्दा उनका प्रतिस्पर्धी जैसवा तुलाधरले १ सय ३० मत मात्रै ल्याए । 

    त्यस्तै, सचिवमा युविका भण्डारी २ सय १५ मतसहित विजयी हुँदा प्रज्ञा शर्माले १ सय २९ मत प्राप्त गरे । त्यस्तै, कोषध्यक्षमा राजकुमारले १ सय ८३ मत ल्याउँदा सुदर्शन नेपालले १ सय ६३ मत प्राप्त गरे । सह कोषध्यक्षमा भने गीता ढकाल १ सय ७६ मतसहित बिजयी भइन् । उनका प्रतिस्पर्धी राजा शाक्यले १ सय ६४ मत ल्याए । 

    सदस्यहरुमा ढकनाथ काफ्ले, सबला भण्डारी, नमराज भेटुवाल, विष्णु पाण्डे, डेण्डी शेर्पा, परशुराम घिमिरे, रामशोभित नायक र श्रद्धा जोशी विजयी भए । 

    यी टीममध्ये सह कोषाध्यक्ष गीता ढकाल र सदस्य बिष्णु पाण्डे मात्रै विनय बस्नेत टीमबाट हुन् ।


    images
    images

    Logo