images
images

शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुँदै


  • 858
    SHARES
  • २०७८ चैत्र १७ गते बिहीबार

    शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुँदै

    काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ १९ गतेदेखि हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुने भएको छ ।

    राजधानीको भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने एक्स्पो स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इप्पान० र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेस प्रालीले सयुक्त रुपमा आयोजना गर्न लागेको हो। एक्स्पोबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा ई पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिएका छन् । 

    एक्स्पोको पहिलो दिन शनिवार बिहान विद्युतीय सवारी साधनको र्‍याली आयोजना गरिएको छ । त्यस्तै,  भृकुटीमण्डपबाट सुरु हुने र्‍याली नेपालकै पहिलो जलविद्युत् आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमै आएर समापन हुनेछ । फर्पिङ जलविद्युत् आयोजनामा र्‍यालीका सहभागीहरुलाई पर्यटन मन्त्री प्रेम आलेले सहभागीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । 

    ‘एक्स्पो अवधिभर प्रत्येक दिन जलविद्युत् आयोजनासम्बन्धी विषयगत ६ भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तरक्रिया तय गरेका छौँ’, आचार्यले भने । एक्स्पोमा जलविद्युत् आयोजनाका प्रवर्द्धक, सामान उत्पादक, सप्लायर्स, डिजाइनर, कन्सलट्यान्ट,इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकर वित्त कम्पनीले सयभन्दा बढी स्टल बुकिङ गरेका छन् ।

    प्रदर्शनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्विडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । यस्तै, एक्स्पोमा जलविद्युत प्रवर्द्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैङ्क, बिमा, जलविद्युत्मा नयाँ प्रविधि तथा निर्माण सामग्रीका सप्लायर्ससँग सम्बन्धित १ सय भन्दा बढी कक्ष राखिने ई पानले जनाएको छ ।

    विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटीसन हाइड्रोकर्न २।० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्सन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरु प्रतिस्पर्धामा समावेश गरिने आयोजकले जनाएको छ।


    images
    images

    Logo