images
images

टोल फ्री नम्बर ११३८ मा फोन गरी आगामी बजेटबारे सुझाव दिन अर्थ मन्त्रालयको आह्वान 


  • 429
    SHARES
  • २०७८ चैत्र १७ गते बिहीबार

    टोल फ्री नम्बर ११३८ मा फोन गरी आगामी बजेटबारे सुझाव दिन अर्थ मन्त्रालयको आह्वान 

    काठमाडौं ।  अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्ने भएको छ । त्यसका लागि टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको हो ।

    आगामी आर्थिक बर्षको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधिबाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल  फ्री नम्बर सञ्चालनमा ल्याएको हो ।

    मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लिक गरेर पनि सुझाव पेस गर्न सक्ने व्यवस्था गरिएको छ ।
     
    बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजिवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, संचारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव  महत्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक बिषयबस्तुहरु चैत मसान्त भित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो ।

    मन्त्रालयले अहिले कृषि, शिक्षा, बंैक, बित्तीय संस्था तथा बिमा क्षेत्र, निजी क्षेत्र,अर्थबिद् लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको छ । मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव संकलन गरिरहेको छ ।

     


    images
    images

    Logo