images
images

विवादकाबीच बढुवा भएका तीन एआईजीले लगाए दर्ज्यानी चिन्ह


  • 468
    SHARES
  • २०७८ चैत्र १७ गते बिहीबार

    विवादकाबीच बढुवा भएका तीन एआईजीले लगाए दर्ज्यानी चिन्ह

    काठमाडौं ।  विवादकाबीच बढुवा भएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले दर्ज्यानी चिन्ह लगाएका छन्  । बढुवा भएका धिरजप्रताप सिँह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकले एआईजीको दर्ज्यानी लगाएका हुन्  । 

    चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सो सिफारिस स्वीकृत गरेको हो । 

    बुधवार समितिले सरकारको निर्णय सदर गरेर आज मन्त्रिपरिषद्बाट बढुवा गरे पश्चात दर्ज्यानी लगाएका हुन् ।


    images
    images

    Logo