images
images

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि १२ जना छनौट, को को छन् दावेदार ?


  • 662
    SHARES
  • २०७८ चैत्र १७ गते बिहीबार

    हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि १२ जना छनौट, को को छन् दावेदार ?

    काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि १२ जनाको नाम छनौट भएको छ । उक्त १२ जनालाई उद्योग तथा आपुर्ति मन्त्रालयले चैत २० र २१ गते अन्तर्वाताको लागि बोलाएको छ । 

    फागुन २५ गते प्रकाशित सुचनाको आधारमा दर्ता हुन आएका दरखास्त मध्ये उक्त १२  जनालाई मन्त्रालयले व्यवसायिक कार्ययोजना प्रस्तुति र अन्तवार्ताका लागि आउन अनुरोध गरेको छ । 

    मन्त्रालयले छनौट गरेका नामहरुमा उदय कुमार गुप्ता, कुमार खड्का, कृष्ण प्रसाद यादव घनश्याम न्यौपाने, दिनेश कुमार यादव, नविन कुमार कर्ण, बसन्त कुमार पाण्डे, भरत रेग्मीलाई मन्त्रालयले अन्तर्वाताको लागि चैत २० गतेलाई बोलाएको छ । 

    त्यस्तै, भुपेन्द्र प्रसाद अर्याल, राज कुमार चौधरी, राम किसुन गिरीर सन्तोस कुमार तामाङलाई चैत २१ गते अन्तवार्ताको लागि बोलाइएको छ । 


    images
    images

    Logo