images
images

स्रोत नखुलेको ६३ लाखसहित तीन युवक पक्राउ


  • 350
    SHARES
  • २०७८ चैत्र १७ गते बिहीबार

    स्रोत नखुलेको  ६३ लाखसहित तीन युवक पक्राउ

    काठमाडौं । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको  ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार  ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने  बिहीबार ८ लाखसहित थप एक युवक पक्राउ परे । 

    जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको रु ५५ लाखसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी रमेशकुमार सहनी पक्राउ परेका थिए । मोटरसाइकलमा बसेर कालो झोलामा ५५ लाख बोकी गइरहको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो ।

    त्यसैगरी भारतबाट स्रोत नखुलेको करिब आठ लाखसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई गएराति प्रहरीले पक्राउ गरेको थियो ।  भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडा भित्र रकम राखी  साइकलमा सम्सी गाउँपालिका–स्थित प्रहरीचौकी नजिक आउँदै गरेका उनीमाथि शङ्का लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको ७ लाख ९१ हजार बरामद गरेको थियो ।पक्राउ परेका  दासलाई गएराति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा  लगिएकामा कार्यालय बन्द भएकाले आज  बुझाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।


    images
    images

    Logo