काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् । राष्ट्रिय बीमा कम्पनीले साढे ४ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ ।
सरकारले गत चैत १३ गते नै ओझालाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई चैत १५ गतेदेखि नै लागू हुने गरी सीईआको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएको हो ।कम्पनीले खुल्ला प्रतिष्पर्धाबाट सीइओ नियुक्तिको लागि प्रकृया थालेको भएपनि त्यसलाई पन्छाएर सरकारले सीइओ नियुक्त गरेको हो ।



