images
images

सुनसरीको पशुपति बिस्कुट इण्डष्ट्रिज १५ दिनको लागि बन्द 


  • 457
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    सुनसरीको पशुपति बिस्कुट इण्डष्ट्रिज १५ दिनको लागि बन्द 

    काठमाडौं । लामो समय देखि सञ्चालित पशुपति बिस्कुट इण्डष्ट्रिज सुनसरीको बिस्कुट उत्पादन १५ दिनको लागि बन्द भएको छ । प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको इतिहाससँग जोडिएको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो । 

    उक्त बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरु ममर्तसम्भार र सरसफाईको लागि १५ दिनको लागि बन्द गरिएको विएलसी होल्डिङ प्रालिका संस्थागत संचार प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिएका हुन् । 

    यसका साथै उनले सुनसरीको दुहवीमा सञ्चालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालिका मेसिनहरुको सरसफाई र केही स्टक क्लियरेन्स भएपछि सो उद्योगमा पुन उत्पादन प्रक्रिया थालिने बताएका छन् । 


    images
    images

    Logo